ukaid logo

प्रदेश न २ मुक्यमन्त्री श्री लाल बाबु राउतले औपचारिक कार्यक्रम मार्फत रोजगारी पसलको उद्घाटन:

बिरगंज मा २७ भदौ देखि रोजगार पसल सञ्चालनमा आएको छ । बेरोजगार व्यक्तिहरुलाई उनिहरुको सीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने संघ संस्थाहरुसम्म पुर्‍याई रोजगार प्रदान गर्ने उद्देश्यले पसल खुलेको हो ।

प्रदेश न २ मुक्यमन्त्री श्री लाल बाबु राउतले औपचारिक कार्यक्रम मार्फत पसलको रिबन काटेर उद्घाटन गरे । उनले प्रदेश न २ का होटेल, कल कारखाना, उद्योग, अस्पताल, बिद्यालय लगाएत अनेकौं प्रकारका ब्यापारीक संघ संस्थाहरु खुलेको बताउँदै त्यहा आबश्यक पर्ने सबल र दक्ष कामदारहरुको माग यो पसलले सहज रुपमा पुर्‍याउनका लागि मद्दत गर्ने बताए ।

रोजगार पसलका म्यानिजिङ्ग डाईरेक्टर सैलेन्द्र राज गिरीले यो पसलले रोजगारदाता संघ संस्था र रोजगार गर्न चाहानेको लागि पुलको काम गर्ने बताए । ‘हामीले रोजगारदाता संघ संस्थाले गरेको माग अनुसारका दक्ष र सबल कामदारहरु उत्पादन गरेर पठाउछौ’ उनले भने । बिदेशमा गएर पसिना बगाउनु भन्दा सीप सिकेर सीप अनुसारको जागिर नेपालमै गरि आय आर्जन गर्न सकिने उनको भनाई थियो ।

सन २०१२ मा स्थापना भइ देशका काठमाडौ, ईटहरी पोखरा जस्ता सहरबाट पसलले यो सेवा प्रदान गरि रहेको बिजनेस म्यानेजर सन्जीव निरौलाले बताए । हाल सम्म देशैभरीबाट १ लाख ५० हजार बढी रोजगार गर्न चाहाने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उनले बताए । उनका अनुसार पसलमा हाल ५ हजार बढी रोजगारदाता संघ संस्थाले आवद्धता जनाएका छन । करीव ८ हजार बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीहरुमा पसल मार्फत रोजगारी गरिरहेको उनको भनाई छ ।

सीप प्रोजेक्टको प्राबिधिक सहकार्यमा बिरगंज शाखा संचालनमा आएको सीप कार्यक्रमका रिजेनल म्यानेजर मोहमद्द सबिर अन्सारी ले बताए । रोजगार पसल शाखा बिरगंज ले प्रदेश न २ का बेरोजगार व्यक्तिले शाखा बिरगंज कार्यालयमा आई आफ्नो आवेदन निशुल्क रुपमा दर्ता गर्न सक्ने साथै आफनो शिप अनुसारको जागिर प्राप्त गर्नको लागि सक्दो प्राबिधिक सहयोग गर्ने प्रोजेक्ट म्यानेजर मनोज कुमार सुनुवारले बताए